Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

सहकारीमा फसेको रकम फिर्ता माग्दै बसुन्धरा भुसाल र चैत्यदेवी बसे माइतीघरमा धर्ना

सहकारीमा फसेको रकम फिर्ता माग्दै बसुन्धरा भुसाल र चैत्यदेवी बसे माइतीघरमा धर्ना


  • 2.2K
    Shares

    • images
    सहकारीमा फसेको रकम फिर्ता माग्दै बसुन्धरा भुसाल र चैत्यदेवी बसे माइतीघरमा धर्ना
    images

    काठमाडौं । विभिन्न सहकारीमा जम्मा गरेको रकम फिर्ता पाउनुपर्ने मागसहित सहकारी पीडितहरु ६१ दिनदेखि काठमाडौंको माइतीघरमा धर्नामा बसेका छन् ।

    उनीहरुले आफुले जम्मा गरेको सहकारीको रकम एकमुष्ट पाउनुपर्ने लगायतका माग राख्दै धर्नालाई निरन्तरता दिइरहेका छन् । झण्डै दुई महिनादेखि आन्दोलनरत सहकारी पिडीतलाई सोमबार भने नेपाली फिल्मका दुई वरिष्ठ अभिनेत्रीहरु बसुन्धरा भुसाल र चैत्यदेवीले पनि साथ दिएका छन् ।

    अभिनेत्रीद्धय भुसाल र चैत्यदेवी आफ्नो सहकारीमा फसेको रकम उठाइदिन र ठगी गर्ने सहकारीलाई कारवाहीको माग गर्दै धर्नामा सहभागी भएका हुन् । अभिनेत्रीद्धयले सोमबार राति १० बजेसम्म माइतीघरमा धर्ना दिने बताइको छ ।

    आफुहरुको फसेको रकम फिर्ता पाउन पहल गर्न भन्दै बसुन्धरा, चैत्यदेवी र भुवन चन्दले प्रधानमन्त्रीदेखि दलका शीर्ष नेताहरुलाई भेटिसकेका छन् । तर कहींबाट पहल नभएपछि आफूहरु धर्नामा बस्न बाध्य भएको उनीहरुले जनाएका छन् ।

    चैत्यदेवी र बसुन्धराका आफन्त र परिवारको १४ जना सदस्यले जम्मा गरेको दुई करोड ६० लाख रुपैयाँ फसेको जनाइएको छ । साथै, उनीहरुको सामाजिक संस्था भुवन चैत्य बसुन्धरा फाउण्डेसनको नामबाट सिभिल सहकारीमा जम्मा गरिएको १५ लाख रुपैयाँ समेत फसेको उनीहरुको भनाइ छ ।

    प्रकाशित मिति :श्रावण १५ २०८० सोमवार - १६:१६:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij