२०८२ भाद्र १० गते मंगलवार
काठमाडौँ । कैलालीको गोदावरी नगरपालिका–३ स्थित चौकिडाँडामा दुर्घटनामा परेर प्रहरी जवानको मृत्यु भएको छ ।
मोटरसाइकलमा सवार प्रहरी जवान कपिल कठायतको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दले बताए ।
कपिल कठायत नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगरमा कार्यरत थिए । गएराति कठायतले चलाएको सुप प्रदेश–७३२० नम्बरको मोटरसाइकल र सुप प्रदेश–६४१९ नम्बरको ट्याक्टर आपसमा ठोक्किएको डिएसपी चन्दले बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij