२०८२ भाद्र १० गते मंगलवार
झापा । दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाले कार्यालयको क्वार्टरभित्रै एक महिलासँग गरेको अनैतिक गतिविधिको भिडियो सामाजिक सञ्जाल टिकटकमा ‘भाइरल’ भएपछि उनको आलोचना हुन थालेको छ ।
गत शनिबार सरकारी निवासमा एक महिलासँगको सम्बन्धको आपत्तिजनक दृश्य टिकटकमार्फत सार्वजनिक भएपछि निरौला विवादमा परेका छन्। निरौलाको आपत्तिजनक हर्कतलाई लिएर जनप्रतिनिधिहरु आन्दोलित भएका छन्।
आइतबार मात्रै दमकका नगरप्रमुख राम थापाले विज्ञप्ति निकालेर सत्यतथ्य बुझी आवश्यक कारबाहीका लागि मन्त्रालयमा पत्राचार गरिने बताएका थिए। भिडिओ बाहिरिएपछि नगरपालिकाको त्यसबारे नबोलेको भन्दै स्थानीय बासिन्दाले पनि नगरप्रमुखको आलोचना गरेका थिए।
निरौलाले हर्कतले नगरकै प्रतिष्ठामा आँच पुगेको भन्दै कार्यपालिका सदस्यहरुले कार्यालय प्रवेश रोक लगाउन माग गरेका छन् ।अधिकृतको सरकारी निवासभित्र एक महिलासँगको अनैतिक भिडिओ सार्वजनिक भएसँगै १५ जना कार्यपालिका सदस्यहरुले सामूहिक रुपमा कारबाही माग गरेका हुन्। उक्त घटनाले आमनागरिकको ध्यानाकर्षण भएको बताउँदै उनीहरुले तत्काल बैठक बोलाउन माग गरेका छन्।
युवा संघको ताला
यसैबीच आइतबार नै नेकपा एमालेनिकट युवा संघले दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेको छ। युवा संघ दमक नगर कमिटीका अध्यक्ष निरौलाको यो हर्कतले सिङ्गो दमककै बेइज्जत भएकाले उनलाई तत्काल कारबाही माग गरिएको छ।
संघका अध्यक्ष राम पौडेलले ज्ञापनपत्र पनि नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईलाई बुझाइएको छ। सार्वजनिक पद धारण गरेर बस्ने व्यक्तिले सार्वजनिक ठाउँमै यस्तो हर्कत गरेको भन्दै तत्काल कारबाही गरिनुपर्ने संघले जनाएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij