Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

टोखामा फेला पर्‍यो सुन प्रशोधन गर्ने कारखाना, अनुसन्धान विभागले गर्‍यो सिल

टोखामा फेला पर्‍यो सुन प्रशोधन गर्ने कारखाना, अनुसन्धान विभागले गर्‍यो सिल


  • 3.2K
    Shares

    • images
    टोखामा फेला पर्‍यो सुन प्रशोधन गर्ने कारखाना, अनुसन्धान विभागले गर्‍यो सिल
    images

    काठमाडौँ । त्रिभुवन विमानस्थलबाट बरामद भएको सय किलो सुनको वास्तविक मालिक खोजि रहेको राजस्व अनुसन्धान विभागले सुन प्रशोधन गर्ने कारखाना फेला पारी सिल गरेको छ।

    शुक्रबार र शनिबार विभागको टोलीले काठमाडौंको टोखामा कृषि फार्मभित्र सञ्चालित सुन प्रशोधन गर्ने कारखाना पत्ता लगाएको हो। उच्च स्रोतका अनुसार त्रिभुवन विमानस्थलबाट बाहिरिएको सुन पहिलो चरणमा बालुवाटारमा रहेको ली जिक्वाङको कारखानामा लगी प्रशोधनका लागि टोखा पुर्‍याउने गरेको पाइएको छ। 

    करिब ७ सय किलो सुन त्यहीँ प्रशोधन भएर नेपाली बजार र भारतमा पुर्‍याइएको विभागले जानकारी दिए, ‘यो सुनका सञ्चालकले नै हङकङबाट साउन २ मा सुन ल्याएको हुनसक्छ। यद्यपि यसको कनेक्सन केलाउने काम भइरहेको राजस्व अनुसन्धान विभागले जनाएको छ । 

    प्रकाशित मिति :श्रावण १४ २०८० आइतवार - १२:४९:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij