Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

मेयर बालेनको एक्सन : ४० माइक्रोनभन्दा कम मोटाइको प्लाष्टिक प्रतिबन्ध, माइक्रोमिटरले नाप्न खटाइयाे टाेली

मेयर बालेनको एक्सन : ४० माइक्रोनभन्दा कम मोटाइको प्लाष्टिक प्रतिबन्ध, माइक्रोमिटरले नाप्न खटाइयाे टाेली


  • 2.2K
    Shares

    • images
    मेयर बालेनको एक्सन : ४० माइक्रोनभन्दा कम मोटाइको प्लाष्टिक प्रतिबन्ध, माइक्रोमिटरले नाप्न खटाइयाे टाेली
    images

    काठमाडौं । काठमाडौं महानगरपालिकाले ४० माइक्रोनभन्दा कम मोटाइको प्लाष्टिक उपयोगमा प्रतिबन्ध लगाएको छ । जसको कार्यान्वयनका लागि अबदेखि महानगरले पोलिथिनको मोटाइ नाप्न टोली परिचालन गरी अनुगमन गर्ने भएको छ ।

    मेयर बालेन्द्र शाह बालेन ले माइक्रोमिटरबाट पोलिथिनको मोटाइ नापेर प्रयोग गरिने उल्लेख गरेका छन् । महनगरलाई भन्दा पनि महानगरबासी र वातावरणका लागि यसो गरिएको उनको भनाइ छ ।

    उनले अहिलेसम्म बिग्रिएको अवस्थामा सुधार ल्याउन र बचेको अवस्थालाई संरक्षण गर्न मानव आचरण र व्यवसायिक क्रियाकलापमा सुधार गर्नुपर्ने बताउँदै महानगरभित्र ४० माइक्रोनभन्दा कम मोटाइको प्लाष्टिक उपयोग गर्न प्रतिबन्ध लगाएको जनाए ।

    ‘नागरिकको स्वच्छ वातावरणमा स्वस्थ्य भएर बाँच्न पाउने संरक्षण गर्न महानगरले ४० माइक्रोनभन्दा कम मोटाइका पोलिथिन झोला, नक्कली फूल र सवावटका वस्तु तथा सामग्री महानगरपालिकाभित्र ल्याउन, भण्डारण गर्न र बिक्री गर्न प्रतिबन्ध लगाएको छ’, मेयर बालेनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

    जसका लागि महानगरपालिकाले प्रहरीको क्षेत्रबाट ४ र केन्द्रबाट एउटा गरी ५ टोली खटाइ प्रयोग भइरहेका प्लाष्टिकको जाँच गर्ने मेयर बालेनले उल्लेख गरेका छन् ।

    पोलिथिन ४० माइक्रोनभन्दा कम मोटाइका भए जफत गर्दै प्लाष्टिकका फूल, प्लाष्टिकका सजावटका सामान प्रयोग गर्न नदिने महानगरको भनाइ छ ।

    त्यस्तै, अनुगमनमा आउनु र जफत गर्नु अघि आयात, भण्डारण र बिक्री गर्ने व्यक्ति तथा व्यापारिक संघ संस्थाले निषेधित कार्य नगर्न नगराउन अनुरोध महानगरपालिकाले गरेको छ ।

    Balen-Plastics-Measurement-4-768x768.jpg

    Balen-Plastics-Measurement-2-600x600.jpg

    प्रकाशित मिति :श्रावण १२ २०८० शुक्रवार - १६:५५:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij