२०८२ भाद्र १० गते मंगलवार
धनुषा । धार्मिक स्थलमा अश्लील टिकटक भिडियो बनाउने कार्यमा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
जानकी मन्दिरको विवाह मण्डपभित्र अश्लील हर्कत देखाई टिकटक बनाउने कार्यमा संलग्न १८ वर्षका अनिरूद्र यादवलाई धनुषा प्रहरीले पक्राउ गरेको हो ।
उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भए पश्चात् प्रहरीले धनुषा औरही गाउँपालिका ६ पोखरभिण्डाका ती यादवलाई पक्राउ गरेको हो ।
अनिरूद्र माथि थप अनुसन्धान कार्य भइरहेको र टिकटकमा देखिएकी महिला र भिडियो खिच्ने व्यक्तिहरू समेतको खोज तलास भइरहेको प्रहरीले जनाएको छ ।
सार्वजनिक भिडियोमा युवकले युवतीको संवेदनशील अंग समातेको देखिन्छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij