Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

हरिचन्द्र सुवेदीको अधिवक्ता लाइसेन्स एक वर्षका लागि निलम्बन

हरिचन्द्र सुवेदीको अधिवक्ता लाइसेन्स एक वर्षका लागि निलम्बन


  • 2.5K
    Shares

    • images
    हरिचन्द्र सुवेदीको अधिवक्ता लाइसेन्स एक वर्षका लागि निलम्बन
    images

    काठमाडौं । नेपाल बार काउन्सिलले हरिचन्द्र सुवेदीको अधिवक्ता लाइसेन्स एक वर्षका लागि निलम्बन गरेको छ। सुवेदीलाई एक वर्षसम्म कानून व्यवसाय गर्न नपाउने गरी उनको लाइसेन्स निलम्बन गरिएको बार काउन्सिलले जनाएको छ ।

    अनुशासन विपरीत काम गरेको पाइएपछि लाइसेन्स निलम्बन गरिएको बार काउन्सिलले उल्लेख गरेको छ। काउन्सिलका सचिव भानदेव जोशीले वारेसनामाका लागि छोडेको कागजलाई अधिवक्ता सुवेदीले दुरुपयोग गरेको पाइएकाले अनुशासन कारबाही भएको बताए ।

    ‘उनका एकजना क्लाइन्टले वारेसनामाका लागि लिखत छाडेका रहेछन्। त्यही लिखतलाई अन्य प्रयोजनका लागि प्रयोग गरेका कारण लिखत छाडेका व्यक्तिले ३० लाख रुपैयाँ तिर्नु परेको अवस्था देखियो’, जोशीले भने । 

    सुवेदीविरुद्ध उजुरी परेपछि बार काउन्सिलले छानबिन अगाडि बढाएको हो।

    nepal bar council talika ppaer.jpg

     

     

    प्रकाशित मिति :श्रावण १२ २०८० शुक्रवार - १५:५१:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij