Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

एभरेष्ट बैंकको नयाँ शाखा मुरली चोक जनकपुरमा, शाखा संख्या १२७ पुग्यो

एभरेष्ट बैंकको नयाँ शाखा मुरली चोक जनकपुरमा, शाखा संख्या १२७ पुग्यो


  • 3.0K
    Shares

    एभरेष्ट बैंकको नयाँ शाखा मुरली चोक जनकपुरमा, शाखा संख्या १२७ पुग्यो

    काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले आफ्नो नयाँ शाखा जनकपुरको मुरली चोकमा उद्घाटन गरेको छ ।

    बैंकले देशका विभिन्न गाउँ तथा शहरहरुमा रहेका ग्राहकहरुलाई अत्याधुनिक, दिगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउने उद्देश्यका साथ आज जनकपुरको मुरली चोकमा आफ्नो नयाँ शाखा उद्घाटन गरेको हो । 

    उक्त शाखाको उद्घाटन जनकपुर उप–महानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष सुरेश झा र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले संयुक्त रुपमा गरेका छन् । 

    उद्घाटन समारोहमा अध्यक्ष झा ले जनकपुर क्षेत्रमा दोस्रो शाखाको रुपमा मुरली चोकमा एभरेष्ट बैंकको आगमनले सर्वसाधरणको वित्तीय पहुँच अझ सहज तथा सुलभ हुने बताए । 

    साथै, बैंकका अधिकृत श्री शर्माले मुरली चोक र जनकपुर आसपासका बासिन्दाहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने प्रतिवद्दता व्यक्त गर्नुका साथै पंजाब नेशनल बैंक भारत संगको साझेदारीले गर्दा स्थानिय बासिन्दालाई रेमिटान्स र अन्य बैंकिङ्ग सेवा तथा सुविधा उपभोग गर्न अझ सहज हुने विश्वास व्यक्त गरे । 

    यो संगै जनकपुरमा बैंकको शाखा संख्या २ पुग्नुका साथै मधेश प्रदेशमा १४ पुगको छ । पंजाब नेशनल बैंक भारतसगँ संयुक्त साझेदार रहेको तथा स्थापना काल देखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् । 

    देशैभरी छरिएर रहेको आफ्नो १२७ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६२ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल इन्टरनेट बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । 

    बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

    प्रकाशित मिति :श्रावण १२ २०८० शुक्रवार - १५:३३:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij