Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

अनुमतिविना सञ्चालित धार्मिक महोत्सवमा महानगरको अवरोध

अनुमतिविना सञ्चालित धार्मिक महोत्सवमा महानगरको अवरोध


  • 1.8K
    Shares

    अनुमतिविना सञ्चालित धार्मिक महोत्सवमा महानगरको अवरोध

    काठमाडौं । काठमाडौं महानगरपालिकाले शङ्खमुलको दोभानमा सञ्चालन भइरहेको ‘प्रथम शङ्खमुल तीर्थ श्रावणी महोत्सव’ मा अवरोध गरेको छ। सार्वजनिक स्थलमा अनुमति विना धार्मिक महोत्सव सञ्चालन गरेको सूचनाको आधारमा महानगर नगर प्रहरीको टोली शङ्खमुल पुगेको थियो ।

    अनुमति विना हो–हल्ला हुनेगरी धार्मिक कार्यक्रम भइरहेको भन्ने गुनासो आएपछि कार्यक्रम नगर्न आयोजकलाई निर्देशन दिइएको महानगर प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए । नगर प्रहरीको अवरोधका कारण केही घण्टा धार्मिक महोत्सव प्रभावित बनेको थियो ।

    आयोजकले वडा कार्यालय मार्फत अनुमति लिएरै भएपनि धार्मिक महोत्सवलाई निरन्तरता दिने अडान राखेको थियो । सोही अडान बमोजिम आयोजक समिति वडा कार्यालयमा अनुमति लिन गएपछि महानगरको टोली फर्किएको छ ।

    ओमकार फाउण्डेसन र दोभान विकास समितिको आयोजनामा १ साउनदेखि शङ्खमुलको दोभानमा धार्मिक महोत्सव सञ्चालन हुँदै आइरहेको छ ।

    धार्मिक महोत्सवमा कोटेश्वर, शान्तिनगर, शङ्खमुल लगायत क्षेत्रका १३ वटा धार्मिक तथा सामाजिक संघसंस्थाहरु सहभागी भएका छन् ।

    kathamndu mahanagarpalika.jpg

    mahanagrapalika  abarod.jpg

     

    प्रकाशित मिति :श्रावण ९ २०८० मंगलवार - १५:२५:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij