Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

केटिएम सिटीले ल्यायो 'मनसुन धमाका' अफर, लुगाको मूल्य ९० रुपैयाँबाट सुरू हुने

केटिएम सिटीले ल्यायो 'मनसुन धमाका' अफर, लुगाको मूल्य ९० रुपैयाँबाट सुरू हुने


  • 3.1K
    Shares

    केटिएम सिटीले ल्यायो 'मनसुन धमाका' अफर, लुगाको मूल्य ९० रुपैयाँबाट सुरू हुने
    images

    काठमाडौँ ।केटिएम सिटीले 'मनसुन धमाका' अफर बजारमा ल्याएको छ। मनसुन बोनान्जा अफरमा मनसुनलाई लक्षित केटिएम सिटीका सामानमा विशेष छुटको व्यवस्था गरिएको छ। 

    उच्च स्तरको लाइक्रा फेब्रिकबाट उत्पादित लुगाको मूल्य ९० रुपैयाँबाट सुरू हुने कम्पनीले जनाएको छ। ग्राहकहरूले ९० रुपैयाँदेखि टिसर्ट, टप्स, सट्स, लेगिन्स, पोलो टिसर्ट, विनचिटर्स प्राप्त गर्न सक्नेछन्। 

    केटिएम सिटीले दुई हजारभन्दा बढी मूल्यको सामान किन्दा उपत्यका बाहिर समेत नि:शुल्क डेलिभरीको व्यवस्था गरिएको जनाएको छ। 

    त्यस्तै, हजारभन्दा बढीको सामान किन्दा काठमाडौं उपत्यकामा समेत निःशुल्क डेलिभरी गरिनेछ। थप जानकारी नजिकैको आउटलेटमा पुगेर लिन सकिने र केटिएम सिटीको डिजिटल प्लेटफर्म, एप र वेबसाइटबाट प्राप्त गर्न सकिने कम्पनीको भनाइ छ।

    नेपाली ब्राण्ड केटिएम सिटीले सुलभ मूल्यमा गुणस्तरीय लुगा, कपडा बजारमा उपलब्ध गराउँदै आएको छ। नेपालमा प्राप्त सफलतासँगै केटिएम सिटीले भारत र क्यानडामा समेत आफ्नो सेवालाई विस्तार गरेको कम्पनीले जनाएको छ।

     

    प्रकाशित मिति :श्रावण ५ २०८० शुक्रवार - १६:०६:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij