Logo

२०८२ कार्तिक १८ गते मंगलवार

२०८२ कार्तिक १८ गते मंगलवार

महिला विश्वकप उद्घाटनअघि न्युजिल्याण्डमा गोली चल्दा २ जनाको मृत्यु

महिला विश्वकप उद्घाटनअघि न्युजिल्याण्डमा गोली चल्दा २ जनाको मृत्यु


  • 2.7K
    Shares

    महिला विश्वकप उद्घाटनअघि न्युजिल्याण्डमा गोली चल्दा २ जनाको मृत्यु
    images

    काठमाडौं । अहिलेसम्मकै सबैभन्दा ठूलो फिफा महिला विश्वकपको उद्घाटन खेलको केही घण्टाअघि न्युजिल्याण्डमा गोली चलेको छ ।

    अकल्याण्डमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएको बीबीसीले उल्लेख गरेको छ । घटना बिहीबार न्युजिल्याण्डको सबैभन्दा ठूलो सहर अकल्याण्डमा भएको हो ।

    फिफाले घटनाको बाबजुद पनि न्युजिल्याण्ड र नर्वेको खेल पूर्वनिर्धारित तालिका अनुसार नै हुने जनाएको छ । समूह ए मा रहेको न्युजिल्याण्ड र नर्वे बीचको खेल नेपाली समय अनुसार बिहीबार दिउँसो सवा १२ बजे सुरु हुनेछ ।

    न्युजिल्याण्डमा फुटबलको सबैभन्दा ठूलो महोत्सवको माहोल हुने दिन यस घटना भएको हो । नर्वेको टिम बसेको होटल नजिकै उक्त घटना भएको हो । अकल्याण्डका मेयर वायने ब्रोनले फिफा पदाधिकारी र फुटबल टिम सबै सुरक्षित रहेको जनाएको छ ।

    प्रधानमन्त्री क्रिस हिपकिन्सले उक्त घटनाबाट सर्वसाधारणमा सुरक्षाको ठूलो चुनौती नभएको बताएका छन् ।

    प्रकाशित मिति :श्रावण ४ २०८० बिहिवार - १०:११:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij