Logo

२०८२ भाद्र १९ गते बिहिवार

२०८२ भाद्र १९ गते बिहिवार

विभागको पहलपछि अध्यागमनले प्रस्थान अनुमति दिए पछि कुवेत उड्न थाले श्रमिक

विभागको पहलपछि अध्यागमनले प्रस्थान अनुमति दिए पछि कुवेत उड्न थाले श्रमिक


  • 2.4K
    Shares

    विभागको पहलपछि अध्यागमनले  प्रस्थान अनुमति दिए पछि कुवेत उड्न थाले श्रमिक
    images

    काठमाडौँ । अध्यागमन कार्यालयले अनुमति दिएसँगै नेपाली श्रमिकहरू क्रमिक रूपमा कुवेत उड्न थालेका छन् । यसअघि कागजात शंकास्पद रहेको भन्दै त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयले ११७ जना श्रमिकलाई प्रस्थान अनुमति दिएको थिएन ।

    तर  वैदेशिक रोजगार विभागले आवश्यक सहजीकरण गरिदिन भन्दै पत्राचार गरेपछि अध्यागमन विभागले  पनि अध्यागमन कार्यालयलाई सहजीकरण गर्न र प्रस्थान अनुमति दिन भनेको थियो । 

    गत असार २७ र २८ गते कागजात शङ्कास्पद देखिएको, ढिला गरी विमानस्थल पुगेको जस्ता कारण देखाउँदै अध्यागमनले रोकेको थियो ।  विनाकारण अध्यागमनले श्रमिकहरूलाई रोकेको भन्दै म्यानपावर व्यवसायीहरू आक्रोशित बनेका थिए । उनीहरूले अध्यागमनका महानिर्देशकको राजीनामा माग्नुका साथै कार्यालयमा प्रदर्शन समेत गरेका थिए । 

    त्यसपछि यो विषयमा अध्यागमनले विभिन्न चार सर्त पुरा गरेको खण्डमा प्रस्थान अनुमति दिने बताएको थियो । अध्यागमनको विज्ञप्तिपछि वैदेशिक रोजगार विभागले समेत आफ्नो क्षेत्राधिकार मिचेको आरोप लगाएको थियो । 

    विद्यमान कानुन अनुसार श्रम स्वीकृति लिएर गएका श्रमिकहरूलाई रोक्ने अधिकार अध्यागमनलाई नभएको विभागले प्रस्ट पारेको थियो । सोही आधारमा अध्यागमनले अर्को विज्ञप्ति जारी गर्दै ऐन, कानुन पालन गर्न प्रतिबद्ध रहेको जनाएको थियो । वैदेशिक रोजगार विभागको क्षेत्राधिकारभित्र प्रवेश गर्ने आफ्नो कुनै मनसाय नरहेको बताएको थियो । 

    त्यसपछि वैदेशिक रोजगार विभागले अध्यागमनलाई सहजीकरण गरिदिन भन्दै पत्राचार गरेको हो । सोही आधारमा श्रमिकहरू जान थालेको नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका महासचिव मेघनाथ भुर्तेलले बताए ।  टिकटको उपलब्धताको आधारमा श्रमिकहरू क्रमिक रूपमा जान थालेको उनले बताए ।

    प्रकाशित मिति :श्रावण ३ २०८० बुधवार - १३:०८:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij