Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

काठमाडौं महानगरले भत्कायो भद्रकुमारी घले सेवा सदन

काठमाडौं महानगरले भत्कायो भद्रकुमारी घले सेवा सदन


  • 3.1K
    Shares

    काठमाडौं महानगरले भत्कायो भद्रकुमारी घले सेवा सदन

    काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरपालिका–१० देवीनगरस्थित भद्रकुमारी घले सेवा सदनमा डोजर लगाएको छ ।

    सार्वजनिक जग्गा कब्जा गरी भद्रकुमारी घले सेवा सदन सञ्चालन गरेपछि महानगर प्रहरीले उक्त भवन खाली गराउन आज डोजर चलाएको हो । 

    यसअघि महानगर प्रहरीले भवन खाली गर्न सूचना दिएको थियो । तीन दिनअघि उक्त भवन खाली गर्न आग्रह गर्दा पनि नटेरेपछि आज नगरप्रहरीले डोजर चलाएको हो ।

    भद्रकुमारी घले सेवा सदनमा बस्दै आएका असहाय अशक्त वृद्धवृद्धालाई मानव सेवा आश्रममा पठाइने नगरप्रहरी प्रमुख राजु पाण्डेले बताए ।

    सदनले ५ रोपनी १२ आना जग्गामा बालगृह, शिक्षा सदन, पाहुना घर, भद्र संग्रहालय, पुस्तकालय, उपभोक्ता सहकारी संस्थालगायत सञ्चालन गर्दै आएको थियो ।

    प्रकाशित मिति :श्रावण ३ २०८० बुधवार - १२:०४:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij