२०८२ भाद्र १२ गते बिहिवार
काठमाडौँ । नेपालकै अग्रणी व्यावसायिक संस्था सूर्य नेपाल प्रा.लि.ले आफ्नो नयाँ उत्पादन मंगलदीप सयपत्री ९मेरिगोल्ड० पूजा अगरबत्ती नेपाली बजारमा सार्वजनिक गरेको छ ।
हरेक पवित्र अवसरलाई लक्षित गरी कमपनीले आकर्षक प्याकेजिङ्गले रहेको सयपत्री अगरबत्तीको हरेक प्याकमा ९ इन्चका ४० वटा काँटीहरू रहेका उक्त अगरबत्ती बजारमा ल्याएको हो ।
कम्पनीले सयपत्री अगरबत्तीको प्रत्येक प्याकको बिक्री मूल्य ५० रुपैयाँ कायम गरेको छ। सो अगरबत्तीमा सयपत्री फुलको सुगन्ध भएकोले हरेक शुभ कार्यका निम्ति उपयुक्त हुनुका साथै पूजाको पावन अनुभव पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
उक्त अगरबत्तीले उत्कृष्ट गुणस्तरीयता कायम राखी मंगलदीप ब्राण्डको छवि र ब्राण्डप्रति उपभोक्ताको लगावलाई सुदृढ बनाउने विश्वास कम्पनीले लिएको छ । दैनिक पूजामा प्रयोग हुने सयपत्री फुलको सुवासले यो अगरबत्ती सुसज्जित रहेको छ। कलात्मक कौशलले बनाइएको, सयपत्री अगरबत्ती को प्याकेजिङ्ग उच्चस्तरीय रहेको छ।
यस अगरबत्तीको प्रिमियम सुगन्धले पवित्रता र दिव्य भाव को प्रतिनिधित्व गरी हरेक दिन भक्तहरूलाई निरन्तर प्रेरित गर्नेछ, साथै पुष्प को सुवासले आशिष् प्रदान गर्दै आनन्दित तुल्याउनेछ ।
यस नयाँ ब्राण्डले, प्रिमियम अगरबत्ती खोज्ने सम्पूर्ण ग्राहकरूको मन जित्ने विश्वास कम्पनीले लिएको छ । मंगलदीप पूजा अगरबत्ती अन्तर्गत चम्पा, सुपर चम्पा, जस्मिन, चम्पा चमेली, चन्दन, लेवेन्डर, अर्पण, त्रेया, पुष्पाञ्जली, त्रिसारा तथा लगायतका विभिन्न ब्राण्डहरू बजारमा सर्वत्र उपलब्ध छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij