२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी मर्जर भएर आजदेखि एकीकृत कारोबार सुरु गरेका हुन् ।
मर्जर पछि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार भएको छ । दुबै कम्पनीबिच २०७९ असार ३० गते मर्जरको प्रारम्भिक सहमति र गत जेठ ३ गते अन्तिम सहमति भएको थियो ।
यस्तै, दुवै कम्पनी मर्जरका लागि बिमा प्राधिकरणले जेठ २९ गते, नेपाल धितोपत्र बोर्डले असार २६ गते र कम्पनी रजिष्ट्रार कार्यालयले असार १८ गते अन्तिम स्वीकृति दिएको थियो । दुवै कम्पनी १:१ अनुपातमा मर्ज भएका हुन् ।
एकीकृत कारोबार पछि डाटा माइग्रेसनका लागि भन्दै असार २९, ३० र ३१ गते कम्पनीले प्रदान गर्ने सम्पूर्ण सेवाहरु बन्द हुनेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij