२०८२ भाद्र ८ गते आइतवार
महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिकामा ६ वर्षीया बालिकालाई बलात्कार गरेर हत्या भएपछि तनाव बढेको छ ।
हत्या गरिएकी बालिकाको शव स्थानीयले नियन्त्रणमा लिएर सडक प्रदर्शन गरेपछि शवलाई आफ्नो नियन्त्रणमा लिन प्रहरीले रबरको गोली चलाएको छ । प्रहरीले चलाएको रबरको गोली लागेर १ जना स्थानीय घाइते भएका महोत्तरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कृष्णबहादुर कटवालले जानकारी दिए ।
बलात्कार र हत्याको आरोप लागेका अरुणकुमार साहलाई प्रहरीले पक्राउ गरिसकेको छ । आक्रोशित स्थानीयले आरोपी साहको घरमा आगजनी गरेका छन् । स्थानीयले बर्दिबासमा विरोध प्रदर्शन समेत गरिरहेका छन् ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र रबरका गोली चलाएको छ । बालिकाको शव प्रहरीले आफ्नो नियन्त्रणमा लिइसकेको जनाइएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij