Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

मेस्सीलाई भव्य कार्यक्रमसहित सार्वजनिक गर्ने इन्टर मियामीको तयारी

मेस्सीलाई भव्य कार्यक्रमसहित सार्वजनिक गर्ने इन्टर मियामीको तयारी


  • 2.8K
    Shares

    मेस्सीलाई भव्य कार्यक्रमसहित सार्वजनिक गर्ने इन्टर मियामीको तयारी

    इन्टर मियामीले लियोनल मेस्सीलाई भव्य कार्यक्रमकाबीच सार्वजनिक गर्ने तयारी गरेको छ। मियामीले मेस्सीलाई समर्थकहरूमाझ सार्वजनिक गर्ने मिति घोषणा गरेको हो। 

    जुनको अन्त्यमा फ्रि एजेन्ट बनेका मेस्सी संयुक्त राज्य अमेरिकाको इन्टर मियामी जाने तय गरेका थिए। इन्टर मियामीले मेस्सीलाई खेलाडीको रुपमा अनावरण गर्नका लागि लामो तयारी गरेको छ। क्लबले १६ जुलाईको साँझ ८ बजे प्रमुख अनावरण गर्ने भनेर पत्रकारलाई बताएको छ। यद्यपी मेस्सीको नाम भने उल्लेख गरेको छैन। 

    डेलीमेलका अनुसार मियामीले अर्जेन्टिनी सुपर स्टारसँगै उनका पुर्व सहकर्मी सर्जियो बुस्केट र जोडी अल्बालाई पनि क्लबको नयाँ साइनिङको रुपमा समर्थकको अगाडि प्रस्तुत गर्नेछ। 

    मियामीले मेस्सीलाई समर्थकको अगाडि सार्वजनिक गरेपछि सात पटकको बालोन डि ओर विजेताले जुलाई ११ मा क्रुज अजुलको विरुद्ध लिग कपमा डेब्यु गर्ने अपेक्षा गरिएको छ। मियामीले आइतबार डीसी युनाइटेडविरुद्ध खेल्दैछ।

     

    प्रकाशित मिति :आषाढ २६ २०८० मंगलवार - १०:३३:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij