Logo

२०८२ भाद्र २० गते शुक्रवार

२०८२ भाद्र २० गते शुक्रवार

आफ्नै घरको आँगनमा मृत भेटिए सहायक प्रधानाध्यापक

आफ्नै घरको आँगनमा मृत भेटिए सहायक प्रधानाध्यापक


  • 9.1K
    Shares

    आफ्नै घरको आँगनमा मृत भेटिए सहायक प्रधानाध्यापक
    images

    दाङ । घोराही उपमहानगरपालिका–१०, सौंडिकुला निवासी श्रीधर घिमिरे आफ्नै आँगनमा मृत अवस्थामा फेला परेका छन् ।

    अन्दाजी ४३ वर्षीय घिमिरे लमडरुवाका माविका सहायक प्रधानाध्यापक हुन् । बच्चासहित श्रीमती माइतीको गएका कारण बिहीबार राति घिमिरे एक्लै रहेको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रसाद रिजालका अनुसार आफ्नै घरको दोस्रो तल्लाबाट लडेर घिमिरेको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ  । ‘उहाँको शव घरको दोस्रो तल्लाको शौचालय मुनि आँगनमा फेला परेको हो,’ डिएसपी रिजालले भने,।’

    घिमिरेको कोठाको प्रकृति हेर्दा राति उनले मदिरा सेवन गरेको र शौचालय जाने क्रममा उनी घरको दोस्रो तलाबाट लडेर मृत्यु भएको हुन सक्ने डिएसपी रिजालले जानकारी दिए ।

    ‘उहाँको शरीरमा अन्त कतै चोटपटक छैन, गाला धस्सिएको छ र नाक, मुखबाट रगत आएको अवस्थामा शव फेला परेको छ,’ रिजालले भने ‘शव पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइसकिएको छ ।’

    पोष्टमार्टम रिपोर्टपछि थप कुरा भन्न मिल्ने प्रहरीले बताएको छ ।

    प्रकाशित मिति :फाल्गुण १४ २०७७ शुक्रवार - १२:४८:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij