२०८२ भाद्र १२ गते बिहिवार
काठमाडौँ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी एटु र एटुप्लस नेपाली बजारमा सार्वजनिक गरेको छ ।
उत्कृष्ट फिचरहरु र शक्तिशाली प्रदर्शनले भरिपूर्ण उक्त स्मार्ट फोनले सुलभ मूल्यमा प्रयोगकर्ताहरू समक्ष उल्लेखनीय अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।
यी दुबै नयाँ फोनहरुमा दुई वर्षको वारेन्टी रहेको छ । यस्तै इमर्सिभ डिस्प्ले, प्रभावशाली क्यामेरा क्षमता, स्टाइलिश डिजाइन, शक्तिशाली पर्फर्मेन्स र लामो समयसम्म चल्ने ब्याट्री लाइफ लगायतका सुविधाहरूका साथ यी फोनले देशको स्मार्टफोनको परिदृश्यलाई पुन: परिभाषित गर्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
रेड्मी एटु र एटुप्लस लाइट ब्लू, लाइट ग्रीन र कालोमा उपलब्ध रहेका छन् । रेड्मी एटु दुईजीबी प्लस ३२ जीबी भेरियन्टको मूल्य १०,४९९ रुपैयाँ रहेको छ ।
यस्तै, रेड्मी एटु प्लस टुजीबी प्लस३२ जीबी र ३ जीबी प्लस ६४ जीबी भेरियन्टको मूल्य ११,४९९ र ११,९९९ रुपैयाँ रहेको छ । यी स्मार्टफोनहरु देशभरका आधिकारिक मी स्टोर र शाओमीका अधिकृत रिटेलरहरूमा सोमबारदेखि उपलब्ध रहेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij