२०८२ भाद्र २० गते शुक्रवार
काठमाडौं । टिप्परको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
काठमाडौंको दक्षिणकाली नगरपालिका ६ मा हिजो बिहीवार बा २ क ४५५३ नम्बरको टिप्परले ठक्कर दिँदा मकवानपुर भिमफेँदी ८ का ३५ वर्षीय सन्तलाल लुम्बाको मृत्यु भएको हो ।
ठक्करबाट घाइते भएका लुम्बाको ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारको क्रममा हिजो राती मृत्यु भएको प्रहरीले जनाएको छ ।
टिपरसहित चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय फर्पिङले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij