Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

गोरखाका पाँच स्थानीय तहद्वारा बजेट पारित, कसले कति ल्याए ?

गोरखाका पाँच स्थानीय तहद्वारा बजेट पारित, कसले कति ल्याए ?


  • 2.3K
    Shares

    गोरखाका पाँच स्थानीय तहद्वारा बजेट पारित, कसले कति ल्याए ?

    गोरखा । गोरखा जिल्लाभित्रका पाँच  स्थानीयको आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट स्वीकृत भएको छ ।

    जिल्लाको बारपाक सुलिकोट, अजिरकोट, भीमसेन थापा, सिरानचोक र सहिद लखन गाउँपालिकाको आगामी आवको बजेट पारित भएको हो।

    बारपाक सुलिकोटले आगामी आव २०८०/०८१ का लागि कूल रु ६० करोड ३९ लाख ६९ हजार बराबरको बजेट गाउँसभाबाट स्वीकृत गरिसकेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए ।

    त्यस्तै सहिद लखनले रु ६३ करोड २० लाख १० हजार बराबरको बजेट गाउँसभाबाट स्वीकृत गरेको छ भने सिरानचोकले असार रु ७९ करोड ८४ लाख ५५ हजार ६ सय रुपैयाँ बराबरको बजेट घोषणा गरी पारित गरेको गाउँपालिकाले जनाएको छ ।

    जिल्लाको अजिरकोटले आगामी आवका लागि रु ४९ करोड ३४ लाख ९३ हजार बराबरको बजेट पारित गरेको गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले जानकारी दिए । भीमसेन थापाले रु ५५ करोड ८४ लाख ३० हजार चार सयको बजेट ल्याएको छ ।

    गाउँपालिकाले यही असार १० गते नीति तथा कार्यक्रम र बजेट एकैदिन गाउँसभाबाट स्वीकृत गरेको गाउँपालिका अध्यक्ष लोकप्रसाद बङ्जराले जानकारी दिए । पाँचवटै स्थानीय तहहरुले असार १० गतेभित्रै आगामी आवको बजेट नीति तथा कार्यक्रम पारित गरेका हुन् ।

    जिल्लाको ११ स्थानीय तहमध्ये छ स्थानीय तहरुको बजेट भने स्वीकृत गर्न बाँकी रहेको छ । गोरखा र पालुङटार नगरपालिका, आरुघाट, चुमनुब्री, धार्चे र गण्डकी गाउँपालिकाको बजेट पारित हुन बाँकी रहेको हो ।

    गोरखाले आवका लागि कूल रु एक अर्ब ३२ लाख ६५ हजारको बजेट नगरसभामा पेश गरेको नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिए । त्यस्तै पालुङटार नगरपालिकाले रु ८३ करोड ८७ लाख २५ हजार, आरुघाटले रु ५८ करोड १६ लाख १७ हजार सात सयको बजेट गाउँसभामा पेश गरेको छ ।

    उत्तरी गोरखाको चुमनुब्रीले पनि आगामी आवको बजेट स्वीकृत हुन बाँकी रहेको जनाएको छ । आजदेखि सुरु हुने गाउँसभाले आगामी आवको बजेट पारित गर्ने तयारी भइरहेको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिए ।

    धार्चेले रु ४८ करोड ९१ हजार पाँच सय बराबरको बजेट ल्याएको छ भने गण्डकी गाउँपालिकाले रु ६१ करोड ७२ लाख बजेट गाउँसभामा पेश गरेको छ । गाउँसभाबाट बजेट पारित हुन बाँकी रहेका सबै स्थानीय तहहरुले असारभित्रै बजेट स्वीकृत भइसक्ने जनाएका छन् ।

     

    प्रकाशित मिति :आषाढ २५ २०८० सोमवार - १०:११:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij