२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले बृहस्पति माध्यामिक विद्यालयलाई डस्टबिन वितरण गरेको छ । बैंकले आफ्नो संस्थागत उत्तरदायित्व अन्तर्गत डस्टबिन हस्तान्तरण गरेको हो ।
बुधबार बैंकले आफ्नो शाखा कार्यालय पद्सरि मार्फत रुपन्देही जिल्ला सिद्धार्थनगर न.पा.वडा नं–०९, गोलिगाद्ध स्थित बृहस्पति माध्यामिक विद्यालयलाई डस्टबिन वितरण गरेको हो ।
बैंकका शाखा प्रमुख रोश्नी घिमिरेले विद्यालयका प्रधानाध्यापक युवराज उपाध्यायलाई डस्टबिन हस्तान्तरण गरेकी हुन् । बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij