Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

१० महिनामा १५ हजारले गराए व्यवसाय बन्द

१० महिनामा १५ हजारले गराए व्यवसाय बन्द


  • 1.8K
    Shares

    • images
    १० महिनामा १५ हजारले गराए व्यवसाय बन्द
    images

    पछिल्लो १० महिनामा १५ हजार बढी व्यवसायीले आफ्नो व्यवसाय आधिकारीक रुपमा बन्द गराएका छन्। १५ हजार ७ सय १६ जनाले आधिकारीक रुपमा व्यवसायिक स्थायी लेखा नम्बर बन्द गराएका हुन्।

    अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको १० महिनामा १ लाख २३ हजार ७ सय ६० जना व्यवसयी थपिएका छन्। अर्थात् उनीहरुले आधिकारीक रुपमा व्यवसाय थप गरेको हुन्।

    असार मसान्तसम्म कुल स्थायी नम्बर लिनेको व्यवसायीको संख्या १७ लाख ६२ हजार ४ सय २३ रहेकोमा अहिले १८ लाख ७० हजार ४ सय ५७ पुगेको अर्थ मन्त्रालयले जनाएको छ।

    व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या भने ३५ लाख ३७ हजा २ सय ४८ पुगेको छ। मूल्य अभिवृद्धि करमा दर्ता रहेकाहरुको संस्था ३ लाख ७ हजार १ सय २७ रहेका छन्। त्यस्तै अन्तशुल्कमा १ लाख १८ हजार ९ सय ६१ रहेका छन्।

    अर्थ मन्त्रालयले करको दायरा विस्तार भैरहेको जनाएको छ। करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर समेत २६ हजार १ सय १९ पुगेको मन्त्रालयले जनाएको छ।

    प्रकाशित मिति :आषाढ २० २०८० बुधवार - १३:४३:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij