२०८२ कार्तिक १८ गते मंगलवार
मस्को । बुल्गेरियाको ब्ल्याक सी बन्दरगाह वरनामा जहाजमा सवार दुई जना रुसी नागरिकको मृत्यु भएको रिया नोवोस्तीले मङ्गलबार जनाएको छ ।
मृत्यु हुने ती नागरिकहरूमा ३२ र ५८ वर्षका रहेको बुझिएको छ । उनीहरू बेलीजको झण्डामुनि यात्रा गरिरहेको मिलफोर्ड ड्रेजिङ जहाजमा सवार थिए ।
आरआईए नोवोस्तीले बुल्गेरियाली सामुद्रिक अधिकारी र जहाजका कप्तानलाई उद्धृत गर्दै सो बारे जानकारी दिएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij