Logo

२०८२ चैत्र ३ गते मंगलवार

२०८२ चैत्र ३ गते मंगलवार

शहिद कुमार बरामको २० औं स्मृतिसभाको अवसरमा फुटवल प्रतियोगिता सम्पन्न

शहिद कुमार बरामको २० औं स्मृतिसभाको अवसरमा फुटवल प्रतियोगिता सम्पन्न


  • 5.9K
    Shares

    • images
    शहिद कुमार बरामको २० औं स्मृतिसभाको अवसरमा फुटवल प्रतियोगिता सम्पन्न

    गोरखा । जनयुद्धका क्रममा शहादत प्राप्त गरेका शहिद कुमार बरामको २० औं स्मृति दिवसको अबसरमा गोरखाको बारपाकमा शहिद कुमार बराम कप फुटवल प्रतियोगिताको आयोजना गरिएको थियो । स्मृति दिवसको अबसरमा यही फागुन ८ गतेबाट शुरु भएको प्रतियोगिता बुधबार सम्पन्न भएको हो ।

    प्रतियोगितामा छोप्राकको युवा क्लवले जितेको छ भने आयोजक टिम मैनडाँडा युवा क्लव डाँडा गाउँले उपबिजेतामा चित्त बुझाउन बाध्य भएको छ ।

    प्रतियोगितामा उपाधी जित्न सफल टिमलाई रु ५० हजार रुपैँया नगद र मेडल तथा उपबिजेतालाई रु २५ हजार रुपैया सहित मेडल प्रदान गरिएको आयोजकले जनाएको छ ।

    प्रतियोगिताको समापनसंग आयोजित स्मृतिसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश कमिटी सदस्य एवं बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष बिष्णु प्रसाद भट्टले सहिदहरुको बलिदानीबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्न सवै लाग्नु पर्नेमा जोड दिए । समापन कार्यक्रममा नेकपा बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष नरबहादुर गुरुङ लगायतले सम्बोधन गरेका थिए ।

    प्रकाशित मिति :फाल्गुण १३ २०७७ बिहिवार - १५:५७:५६ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij