Logo

२०८२ चैत्र ३ गते मंगलवार

२०८२ चैत्र ३ गते मंगलवार

आफ्नै बुबासँग अपहरणको नाटक गरेर यी युवतीले मागिन् ५ लाख फिरौती, प्रहरीले खोरमा जाक्यो 

आफ्नै बुबासँग अपहरणको नाटक गरेर यी युवतीले मागिन् ५ लाख फिरौती, प्रहरीले खोरमा जाक्यो 


  • 10.1K
    Shares

    • images
    आफ्नै बुबासँग अपहरणको नाटक गरेर यी युवतीले मागिन् ५ लाख फिरौती, प्रहरीले खोरमा जाक्यो 

    काठमाडौं । आफ्नै बुबासँग पैसा माग्न एक युवतीले अपहरणको नाटक रचेको खुलासा भएको छ। 

    काठमाडौंको गोठाटार बस्ने २४ वर्षीया विद्या तिमल्सिना गत सोमबारदेखि घरमा नआएपछि बुधबार परिवारकै एक सदस्यको मोबाइलमा धम्कीपूर्ण म्यासेज आयो। 

    विद्याकै नम्बरबाट गरिएको म्यासेजमा लेखिएको थियो, ‘तिमीहरुलाई यो केटी चाहिन्छ भने पुलिसलाई नभन् बुझिस्। ५ लाख लिएर आउनु, छोरी मसँग झापामा छ।’ म्यासेज विद्याकै नम्बरबाट गरिएको थियो।

    फिरौती मागेर धम्कीपूर्ण म्यासेज आएपछि परिवारले प्रहरीलाई जानकारी गरायो। त्यसपछि प्रहरीले विद्यालाई कालिमाटीबाट उद्दार गर्‍यो। 

    महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपपरीक्षक (एसएसपी) अशोक सिंहका अनुसार उक्त कार्य अपहरण नभएर विद्या आफैंले नाटक गरेको अनुसन्धानबाट खुलेको छ।

    विद्याले पहिले काम गरेको कार्यालयमा रहेको केही बेरुजु रकम तिर्न पैसा अभाव भएपछि अपहरणको अभिनय गरेको प्रहरीको अनुसन्धानबाट खुलेको एसएसपी सिंहले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रकाशित मिति :फाल्गुण १३ २०७७ बिहिवार - १४:३८:५५ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij