२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । एनएमबि बैंक लिमिटेडले दुई नयाँ आकर्षक अफर सार्वजनिक गरेको छ । बैंकले आफ्ना ग्राहकहरुका लागि बैंकिङ अनुभवमा सकारात्मक परिवर्तन ल्याउने उध्ेश्यले दुई आकर्षक अफरहरू सार्वजनिक गरेको हो । टान्र्सफर
अफरमा ग्राहकहरुले इ एनएमबि एप र वेब मार्फत नेपालको जुनसुकै बैंक खातामा निःशुल्क रकम ट्रान्स्फर गर्न सक्ने बैंकले जनाएको छ । चाहे परिवार र साथीहरूलाई पैसा पठाउने होस् वा व्यापारिक लेनदेन गर्ने होस्, यो अफरले ग्राहकहरूलाई सहज र प्रभावकारी रूपमा रकम ट्रान्स्फर गर्न सक्षम बनउने विश्वास बैंकले लिएको छ । सो अफर श्रावण मसान्तसम्म मात्र लागु हुने बैंकले जनाएको छ ।
साथै बैंकले असार २०८० सम्म आफ्नो ग्राहकहरुलाई निःशुल्क डेबिट कार्ड समेत जारी गर्ने भएको छ । एनएमबि बैंकका नयाँ वा विद्यमान ग्राहकहरूले कुनै पनि शुल्क बिना नै डेबिट कार्डहरू प्राप्त गर्न सक्नेछन् ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij