Logo

२०८२ कार्तिक १८ गते मंगलवार

२०८२ कार्तिक १८ गते मंगलवार

नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्कको नयाँ एक्सटेन्सन काउन्टर, अब लुम्बिनी प्रदेशमा 

नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्कको नयाँ एक्सटेन्सन काउन्टर, अब लुम्बिनी प्रदेशमा 


  • 2.0K
    Shares

    नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्कको नयाँ एक्सटेन्सन काउन्टर, अब लुम्बिनी प्रदेशमा 
    images

    काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्क लिमिटेडले लुम्बिनी प्रदेशमा थप एक नयाँ एक्सटेनस काउन्टर सञ्चालनमा ल्याएको छ । बैङ्कले आइतबारदेखि अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका वडा नम्बर २ स्थित बल्कोटमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।

    यो सँगै लुम्बिनी प्रदेशमा बैङ्कको ४ वटा एक्सटेन्सन काउन्टरहरू भएका छन् । छत्रदेव गाउँपालिकाका अध्क्षय चन्द्रमान श्रेष्ठ र बैङ्कका अर्घाखाँची शाखा प्रमुख लक्ष्मण क्षेत्रीले संयुक्त रूपमा एक्सटेन्सन काउन्टरको उद्घाटन गरे । कार्यक्रमा बोल्दै श्रेष्ठले आर्थिक कारोबार अब बैङ्कमार्फत नै हुने भएकाले त्यस क्षेत्रका बासिन्दाहरूलाई सहज हुने बताए । 

    कार्यक्रममा छत्रदेव गाउँपालिकाका वडा नम्बर २ का वडा अध्यक्ष शंखर पाण्डे, सोही वडाका पूर्व वडा अध्यक्ष राजेश कुमार पन्थी, वडा नम्बर ३ का वडा अध्यक्ष तेज प्रसाद खनाल लगायत स्थानीय बुद्घिजिवी तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो । 

    उक्त कार्यक्रमा उपस्थित अतिथिहरूले बैङकिङ सेवाको पहुँच बाहिर रहेको बल्कोट तथा आसपास क्षेत्रमा बसोबास गर्ने सेवाग्राही तथा उद्योग व्यवसायीहरूलाई बैङ्किङ सुविधा सहज रूपमा उपलब्ध हुने बताए । 

    बैङ्कका अर्घाखाँची शाखा प्रमुख क्षेत्रीले सेवाग्राहीहरूलाई एक्सटेन्सन काउन्टरमार्फत बैङ्कले प्रभावकारी सेवा दिइने बताए । एक्सटेन्सन काउन्टरमार्पmत सेवा र सञ्जाल विस्तार गर्ने बैङ्कको नीति अनुरूप बैङ्कले यसअघि पनि विभिन्न स्थानहरूमा एक्सटेन्सन काउन्टरहरू विस्तार गरिसकेको छ । हाल बैङ्कले २९६ शाखा कार्यालय र ६२ वटा एक्सटेन्सन काउन्टर मार्फत सुविधा दिँदै आएको छ । 

     

    प्रकाशित मिति :आषाढ १८ २०८० सोमवार - ११:११:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij