Logo

२०८२ चैत्र ३ गते मंगलवार

२०८२ चैत्र ३ गते मंगलवार

कुहिएको अवस्थामा एक महिलाको शव फेला

कुहिएको अवस्थामा एक महिलाको शव फेला


  • 5.5K
    Shares

    • images
    कुहिएको अवस्थामा एक महिलाको शव फेला

    सिरहा । सिरहाको मिर्चैया नगरपालिका– ७ स्थित सामुदायिक वन क्षेत्रमा आज बिहान कुहिएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।

    हरियो सामुदायिक वनमा कुहिएको अवस्थामा करीब ३० वर्षीया महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

    रातो कुर्ता, हरियो सुरुवाल, खुट्टामा पाउजु लगाएकी महिलाको हालसम्म पहिचान खुल्न नसकेको प्रहरीको भनाइ छ ।

    स्थानीय गोठालाले जङ्गल जाँदा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी घटनास्थल पुगेर मुचुल्का गरी शव परीक्षणका लागि लहानस्थित अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :फाल्गुण १३ २०७७ बिहिवार - १३:४३:४३ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij