Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

असार १७ गते यी पालिकाहरुले दिए सार्वजनिक बिदा

असार १७ गते यी पालिकाहरुले दिए सार्वजनिक बिदा


  • 7.3K
    Shares

    असार १७ गते यी पालिकाहरुले दिए सार्वजनिक बिदा

    यहि असार १७ गते शैल्य मालिकार्जुन शिखर धुरामा पुजन जात्रा लाग्दै छ । जिल्लाको शैल्यशिखर नगरपालिकाले सो जात्राको अवसरमा असार १७ गते आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

    आज नगरपालिकाले एक सुचना जारी गर्दै मालिकार्जुन देवताको पुजन जात्राको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । राष्ट्रकै सातौं धाम तथा दार्चुला जिल्लाको प्रमुख धार्मिक पर्यटकीय तिर्थस्थल मालिकार्जुन धाममा प्रत्येक बर्ष असार शुक्ल चतुर्दशीका दिन मालिकार्जुन देवताको पुजन जात्रा लाग्ने भएकोले बिदा दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टले बताए । नगरपालिकाले सार्वजनिक बिदाका दिन सम्पुर्ण सरकारी कार्यालय बन्द रहने जनाएको छ ।

    यसैबिच शिखर पूजन जात्राका अवसरमा मालिकार्जुन गाउँपालिकाले पनि सार्वजनिक बिदा दिएको छ । मालिकार्जुन गाउँपालिका–३ स्थित राष्ट्रकै सातौँ धाम मालिकार्जुनको शिखर जात्रामा हुने पूजन जात्राका अवसरमा असार १७ गते  आइतबार  बिदा दिएको गाउँपालिकाले सूचना मार्फत जानकारी गराएको छ ।

    IMG-20230630-WA0028.jpg

    356383308_1282717232606690_5634813248862086261_n.jpg

    प्रकाशित मिति :आषाढ १६ २०८० शनिवार - १६:५३:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij