Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

सातै प्रदेशका मुख्यमन्त्री आज पोखरामा भेला हुँदै

सातै प्रदेशका मुख्यमन्त्री आज पोखरामा भेला हुँदै


  • 2.3K
    Shares

    सातै प्रदेशका मुख्यमन्त्री आज पोखरामा भेला हुँदै
    images

    पोखरा । सातै प्रदेशका मुख्यमन्त्री आज पोखरामा भेला हुँदैछन्। गण्डकी प्रदेशको अगुवाइमा सातै प्रदेशका मुख्यमन्त्री पोखरामा भेला हुन लागेका हुन्। प्रदेशले पाउनुपर्ने अधिकार, एकीकृत विकास मोडललगायत विषयमा भेलामा छलफल हुनेछ। 

    मुख्यमन्त्रीहरूको भेलामा प्रदेश सरकारका समस्या सुन्न प्रधानमन्त्री पुष्पकमल दाहाल पनि आज पोखरा आउने छन्।  सम्मेलनको उद्घाटन सत्रमा प्रधानमन्त्री  दाहाल शुक्रबार बिहान ११ बजे आउने तय भएको गण्डकी सरकारकी प्रवक्ता सरस्वती अर्याल तिवारीले जानकारी दिइन्। दुई दिने कार्यक्रम होटल पोखरा ग्राण्डमा हुनेछ।

    यो सम्मेलन जेठ १० मा गर्ने तय भएको थियो। तर, प्रधानमन्त्रीको व्यस्तताका कारण त्यतिबेला सम्मेलन स्थगित भएको थियो। मुख्यमन्त्रीहरूको भेला दोस्रोपटक हुन लागेको हो। पहिलो पटक २०७५ साल भदौ २१ र २२ गते गण्डकीका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको पहलमा भेला भएको थियो। त्यो भेलाले आठ बुँदे घोषणापत्र जारी गरेको थियो।

    प्रकाशित मिति :आषाढ १५ २०८० शुक्रवार - ०६:४४:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij