२०८२ भाद्र ३ गते मंगलवार
कर्णाली प्रदेश सरकारले जुम्लाबाहेक यहाँका नौ जिल्लामा आज शुक्रबार सार्वजनिक बिदा दिएको छ।
कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले विसं २०७९ चैत २९ को मन्त्रिपरिषद् बैठकले राष्ट्रिय धान दिवसका अवसरमा जुम्लाबाहेक नौ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेअनुसार सूचना सार्वजनिक गरिएको बताए। उनका अनुसार शुक्रबार नौ जिल्लाका सरकारी तथा गैरसरकारी निकायमा सार्वजनिक बिदा हुनेछ।
कर्णाली सरकारले जुम्लामा बर्सेनि चैत १२ गते धान दिवस मनाउने गरी सार्वजनिक बिदा दिएको छ। त्यस दिनमा कर्णालीका नौ जिल्लाबाहेक जुम्लामा मात्र सरकारी तथा गैरसरकारी निकाय बन्द हुने गर्दछन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij