Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

लाभांश र मर्जर प्रस्ताव पारितका लागि सामुदायिक लघुवित्तको साधारण सभा कहिले ?

लाभांश र मर्जर प्रस्ताव पारितका लागि सामुदायिक लघुवित्तको साधारण सभा कहिले ?


  • 2.1K
    Shares

    लाभांश र मर्जर प्रस्ताव पारितका लागि सामुदायिक लघुवित्तको साधारण सभा कहिले ?
    images

    काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले नवौं वार्षिक साधारण सभा असार २२ गतेका लागि बोलाएको छ । सभा धुलिखेल लज रिसोर्ट धुलिखेल ३ नयाँगाउँमार्ग काभ्रेपलाञ्चोकमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

    सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

    त्यस्तै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवदेन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिकको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने छ ।

    सभाले अन्य लघुवित्त संस्थासँग मर्जर प्रक्रिया अगाडि बढाउन उपयुक्त देखिएमा सम्पूर्ण कार्य गर्ने अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ । बिपिडब्लु लघुवित्तसँगको मर्जर कार्यको प्रक्रिया अगाडि बढाउने सञ्चालक समितिको निर्णय सभाले पारित गर्नेछ ।

    सोही सभाले संस्थापक बाट ४ जना र सर्वसाधारण बाट २ जना संचालक चयन गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले असार १४ गते बुक क्लोज गर्ने भएको हुदाँ असार १३ गतेसम्म कायम सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्ने सक्नेछन् ।

     

    प्रकाशित मिति :आषाढ १४ २०८० बिहिवार - १५:५०:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij