Logo

२०८२ चैत्र ३ गते मंगलवार

२०८२ चैत्र ३ गते मंगलवार

एक युवतीले गरीन् अपहरण परेको नाटक, ३ दिनपछि कालीमाटीबाट प्रहरीले भेट्टायो

एक युवतीले गरीन् अपहरण परेको नाटक, ३ दिनपछि कालीमाटीबाट प्रहरीले भेट्टायो


  • 10.0K
    Shares

    • images
    एक युवतीले गरीन् अपहरण परेको नाटक, ३ दिनपछि कालीमाटीबाट प्रहरीले भेट्टायो

    काठमाडौं । काठमाडौंको गोठाटार बस्ने २४ वर्षीया विद्या तिमल्सिना सोमबारदेखि घरमा आइनन् । फागुन १२गते परिवारकै एक सदस्यको मोबाइलमा धम्कीपूर्ण म्यासेज आयो । बुहारीको नम्बरमा आएको म्यासेज यस्तो थियो–‘तिमीहरुलाई यो केटी चाहिन्छ भने पुलिसलाई नभन बुझिस् । ५ लाख लिएर आउनु, छोरी मसँग झापामा छ ।’

    म्यासेज विद्याकै नम्बरबाट गरिएको थियो । फिरौती मागेर धम्कीपूर्ण म्यासेज आएपछि परिवार प्रहरीकहाँ पुगे । महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोली उनको खोजीमा लाग्यो ।

    अनुसन्धानबाट विद्या कालिमाटीमा रहेको खुल्यो । कालिमाटीबाट उनलाई उद्धार गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले बताए ।

    ‘अपहरण त होइन,’ एसपी बस्नेतले भने–‘आफै नाटक गरेको अनुसन्धानबाट खुलेको छ ।’ गोठाटारबाट हिँडेकी विद्या सप्तरी पुगेर काठमाडौं फर्किएकी थिइन् । 

    चावहिलको लक्ष्य बचत तथा ऋण सहकारीमा काम गर्ने विद्याले केही दिनअघि जागिर छाडिन् । जागिर छाड्दा सहकारीमा उनको नाममा केही हजार पैसा बेरुजु देखियो । सो पैसा तिर्न बाँकी थियो । त्यही पैसा तिर्नका लागि आफ्नो बुवासँग पैसा लिने नियतले अपहरणको अभिनय गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

    बुधवार राति कालीमाटीमा प्रहरीले भेट्टाएपछि उनले भनेकी छिन्–‘मेसेज मैले नै लेखेको हुँ, कसैले अपहरण गरेको छैन ।’

    प्रकाशित मिति :फाल्गुण १३ २०७७ बिहिवार - ११:५०:२६ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij