Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

ललिता निवास प्रकरण : यी १७ आरोपित जसले पक्राउ नगर्न सर्वोच्चबाट लिए ‘स्टेअर्डर’

ललिता निवास प्रकरण : यी १७ आरोपित जसले पक्राउ नगर्न सर्वोच्चबाट लिए ‘स्टेअर्डर’


  • 3.1K
    Shares

    ललिता निवास प्रकरण : यी १७ आरोपित जसले पक्राउ नगर्न सर्वोच्चबाट लिए ‘स्टेअर्डर’

    काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा पक्राउ पर्ने डरले १७ जनाले सर्वोच्च अदालतबाट ‘स्टेअर्डर’ लिएका छन् । उनीहरूले २०७९ साउनमै सर्वोच्च अदालतबाट ‘स्टेअर्डर’ लिएका हुन् ।

    गत मंगलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, सुरेन्द्रमान कपाली र हूपेन्द्रमणि केसी (निरौला) लाई पक्राउ गरेको थियो । तर, उनीहरूलाई कागजकै आधारमा केही घण्टामै रिहा गरियो ।

    स्टेअर्डर लिनेमा :
    ६१ वर्षीय टिकाराम घिमिरे, ६० वर्षीय तेजराज पाण्डे, मुख्य विचौलिया रामप्रसाद सुवेदीका छोरा शंकरप्रसाद, ६२ वर्षीय मोहम्मद सविर हुसेन छन् । त्यस्तै ५२ वर्षीय बलिराम प्रसाद तेली, ६६ वर्षीय दिनेशप्रसाद शर्मा, ६४ वर्षीय लक्ष्मीनारायण उप्रेती, ५७ वर्षीय जयप्रसाद रेग्मी, ७२ वर्षीय हरिबोल आचार्यले पनि अदालतबाट स्टेअर्डर लिएका छन् ।

    ७२ वर्षीय टिकाबहादुर बीसी, ५५ वर्षीय श्रीहरि पुडासैनी, ५२ वर्षीय अङ्गुरकुमार सिग्देल, ६१ वर्षीय टंकनाथ पौडेल, ६२ वर्षीय केदारप्रसाद श्रेष्ठले सर्वोच्चबाट पक्राउ नगर्न भन्दै स्टेअर्डर लिएको खुलेको छ ।

     

    प्रकाशित मिति :आषाढ १४ २०८० बिहिवार - ११:०८:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij