२०८२ भाद्र ११ गते बुधवार
काठमाडौं । ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३ सुरू भएको छ। आइसिटी फाउण्डेसन नेपालको आयोजनामा द सोल्टी काठमाडौँमा वर्षकै ठूलो डिजिटल कन्फेरेन्स सुरू भएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा सुरू भएको ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३ मा विशिष्ट अतिथिको रूपमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको उपस्थिति रहेको छ ।
उक्त उद्घाटन समारोहमा प्रधानमन्त्री प्रचण्डले बोल्दै यस्तो बताएका हुन्। उनले भने, ‘सरकारले डिजिटल नेपालका लागि आवश्यक पूर्वाधारमा जोड दिएको छ । डिजिटल डिभाइस कम गर्न र डिजिटल अर्थतन्त्रमा जोड दिने सरकारको अभिप्राय छ।’ डिजिटल क्षमता विकास गर्नु जरूरी रहेको बताउँदै उनले पछिल्लो समय नेपालमा पनि दक्ष जनशक्ति उत्पादन हुँदै गइरहेको पनि जानकारी गराएका छन् ।
सरकारले अनुसन्धान, आविस्कार, स्टार्टअप र उद्यमशीलता प्रवर्द्धनका लागि आगामी आर्थिक वर्षको बजेटमार्फत कुल पुँजीगत बजेटको १ प्रतिशत बजेट खर्च अनुसन्धान र विकासमा हुने व्यवस्था गरेको उनको भनाइ छ।
उनले भने,‘अनुसन्धान, आविस्कार, स्टार्टअप र उद्यमशीलता प्रवर्द्धनका लागि आगामी आर्थिक वर्षको बजेटमार्फत कुल पुँजीगत बजेटको १ प्रतिशत बजेट खर्च अनुसन्धान र विकासमा हुने व्यवस्था बजेमा गरिसकेका छौं । यसले थप आइसिटी प्रवर्द्धनमा टेवा पुग्ने विश्वास छ ।’
उनले सरकार सूचना प्रविधि ऐन, साइबर नीति ऐन, ई-कमर्स नीति लगायतका आवश्यक कानुन पारित गरेर छिटो कार्यान्वयनमा ल्याइने बताए । सरकार सूचना प्रविधि ऐन, साइबर नीति ऐन, ई कमर्स नीति लगायत कानुन पारित गरेर छिटो कार्यान्वयनमा ल्याउने बताए । यसका लागि डिजिटल नेपाल फ्रेमवर्क परिमार्जन गरेर समयानुकुल बनाउने समेत उनले बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij