२०८२ भाद्र ११ गते बुधवार
काठमाडौँ । नेपाली बजारमा छोटो समयमै राम्रो प्रभाव पार्न सफल ब्राण्ड जेएमसिले भिगस् प्लस् पिकअपमा आकर्षक फाइनान्स अफरको सुविधा ल्याएको छ।
कम्पनीले भिगस् प्लस् पिकअप गाडी खरिदकर्ताहरूलाई लक्षित गर्दै आकर्षक फाइनान्स अफर ल्याएको हो । सो अफर अन्तर्गत खरिदकर्ताहरूले ७५ प्रतिशत फाइनान्समा भिगस् प्लस् गाडीलाई आफ्नो बनाउन सक्नेछन् ।
खरिदकर्ता कै सहजताका लागि भनेर अफर अन्तर्गत २४ घण्टा भित्र डेलिभरी , आकर्षक नगद छुट र सहज एक्सचेन्जका साथ हरेक टेस्ट ड्राइभमा उपहार समेत जेएमसिले दिँदै आएको छ ।
त्यसका साथै सोरुम नधाइकन टेस्ट ड्राइभ गर्न चाहनेका लागि भनेर जेएमसिले डुवरस्टेप सुविधा पनि लिएर आएको छ जसमा जेएमसिका कर्मचारीहरु गाडी लिएर टेस्ट ड्राइभ गर्न इच्छुक खरिदकर्ताको घरै सम्म पुग्नेछन् ।
नेपालमा शंकर ग्रुपको मातहतमा रहेको शौर्य ग्रुप आधिकारिक विक्रेता रहेको जेएमसि एक चाइनिस सवारी साधन कम्पनी हो फो व्हिल डाइभ भएको भिगस् प्लस् मोडलको पिकअप जस्ता अत्याधुनिक र गुणस्तरका गाडी उत्पादन गर्ने जेएमसिले चीनको बजारमा बलियो प्रभाव पार्न सफल बनिसकेको छ ।
चीनमा जेएमसिका ट्राभलर भ्यान र कार्गो ट्रक लगायतका अन्य अरु सवारी साधन पनि उपलब्ध रहेका छन् । चिनियाँ बजारको अपार सफलता पछि नेपाल भित्रिएको जेएमसिले आगामी दिनमा नेपालभित्र अन्य अरु मोडलका गाडीहरु पनि भित्राउने योजना राखेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij