Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

हिमालयन बैंकका ग्राहकलाई आरोगिन हेल्थ केयरमा ४५ प्रतिशतसम्म छुट पाउने 

हिमालयन बैंकका ग्राहकलाई आरोगिन हेल्थ केयरमा ४५ प्रतिशतसम्म छुट पाउने 


  • 3.1K
    Shares

    हिमालयन बैंकका ग्राहकलाई आरोगिन हेल्थ केयरमा ४५ प्रतिशतसम्म छुट पाउने 

    काठमाडौँ । हिमालयन बैंक लिमिटेड र आरोगिन हेल्थ केयर रिसर्च सेन्टरबीच बैंकका ग्राहकहरूलाई छुट प्रदान गर्नेबारे सम्झौता भएको छ । उक्त सम्झौतापछि हेल्थ केयर सेन्टरले प्रदान गर्दै आएको विभिन्न सेवा–सुविधाहरूमा बैंकका ग्राहकले ५ देखि ४५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । 

    काठमाडौँको विशालनगरस्थित सो हेल्थ केयर सेन्टर र बैंक बीच भएको सम्झौता अनुसार उक्त संस्थाले  हिमालयन बैंकका कार्डवाहक तथा ग्राहकहरुलाई आधुनिक प्रणालीबाट कपाल रोप्न तथा कपाल झर्न कम गर्ने उपचारमा ४५ प्रतिशत सम्मको छुट, छालाको हेरचाहमा ३० प्रतिशत सम्मको छुट, ल्याब सेवाहरूमा २५ प्रतिशत सम्मको छुट, दाँतको हेरचाह वा उपचार प्रक्रियामा २० प्रतिशत सम्मको छुट, दिवा वा २४र७ नर्सिङ केयर सेवामा १५ प्रतिशत सम्मको छुट र फिजियोथेरापीमा ५ प्रतिशतको छुट प्रदान गर्ने सम्झौता भएको छ ।

    हिमालयन बैंकका कार्डवाहक तथा ग्राहकहरुले उक्त छुट प्राप्त गर्न बैंकको कुनै पनि डेबिट, क्रेडिट वा प्रिपेड कार्ड देखाउन वा निम्न कार्डहरू बाट भुक्तानी गर्न सक्नेछन् र छुटको लाभ उठाउन सक्नेछन् ।

     

    प्रकाशित मिति :आषाढ ७ २०८० बिहिवार - १३:५७:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij