Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

आजको राशिफल : २०८० असार ७ गते (बिहीवार)

आजको राशिफल : २०८० असार ७ गते (बिहीवार)


  • 7.6K
    Shares

    आजको राशिफल : २०८० असार ७ गते (बिहीवार)
    images

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

    प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ला। बेसुरमा दिइएको वचनले पनि समस्या निम्त्याउनेछ। साइनो गाँस्नेहरूको भरपर्दा लक्ष्य प्राप्ति नहुन सक्छ। समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढिनेछन्।

    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

    व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मबाट छोटो समयमै उचित प्रतिफल प्राप्त हुनेछ। विशेष उपहार हातलागी होला। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

    आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। 

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

    सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीले साथ दिनेछन्। बिछोडिएका आफन्तसँग भेटघाट होला। पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ।

    सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

    काममा हस्तक्षेप गर्नेहरू सक्रिय हुनेछन्। परिस्थितिले अनावश्यक काम वा वस्तुहरूमा समेत खर्च गराउनेछ। उठ्नुपर्ने रकम तत्काल हातलागी नहुन सक्छ। धनमाल सुरक्षामा विशेष सतर्कता अपनाउनुहोला।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

    इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । उचित प्रतिफल प्राप्त हुनेछ। तर समयमा सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। पुरानो समस्याले सञ्चित रकम खर्च गराउन सक्छ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

    खेलकुद तथा यस्तै गतिबिधिमा तपार्ईँको नाम अग्र स्थानमा आउँनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबिच मायाको गाठो कसिलो भएर जानेछ । 

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

    घर परिवारमा आत्मियताको भाव बढ्नेछ भने मित्रताको बन्धन कसिलो भएर जानेछ । पैत्रिक धन तथा सम्पति परिचालन गरि आम्दानीका बाटाहरु फराकिला बनाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जाने योग रहेकोछ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

    मन प्रशन्न रहनेछ । माया प्रेम तथा पति पत्नि बिचको सम्बन्धको गाठो कसिलो भएर जानेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछाडि पारिनेछ । साथिभाई तथा आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

    आफ्नो काम थाति रहनेछ । क्षमता प्रयोग गरि अरुलाई सजिलै प्रभावमा पारेर कामहरु लिन सकिनेछ । राजनीति गर्नेहरुले सर्वसाधारणको मत पाउँने हुँदा सामाजिक पद पाउँने ग्रहयोग रहेकोछ ।  

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

    बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन्। पछिका लागि लगानी गर्ने अवसर प्राप्त हुनेछ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

    मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । पढाइ लेखाइमा एक कदम अगाडि बढि नतिजा हात पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ ।

    तपाईको दिन शुभ रहोस् ।

    प्रकाशित मिति :आषाढ ७ २०८० बिहिवार - ०५:११:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij