Logo

२०८२ कार्तिक १८ गते मंगलवार

२०८२ कार्तिक १८ गते मंगलवार

२० मेगावाटको तल्लो बलेफी खोला जलविद्युत आयोजनामा कुमारी बैंकले लगानी गर्ने

२० मेगावाटको तल्लो बलेफी खोला जलविद्युत आयोजनामा कुमारी बैंकले लगानी गर्ने


  • 2.9K
    Shares

    २० मेगावाटको तल्लो बलेफी खोला जलविद्युत आयोजनामा कुमारी बैंकले लगानी गर्ने
    images

    काठमाडौँ । कुमारी बैङ्क लिमिटेडले साझा पावार डेभलपमेन्ट प्राइभेट लिमिटेडले निर्माण गर्ने २० मेगावाट क्षमताको तल्लो बलेफी खोला जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ । 

    कुमारी बैङ्क र साझा पावर डेभलपमेन्टबिच मङ्गलबार वित्तिय व्यवस्था (फाइनान्सियल क्लोजर) सम्पन्न भएको हो । साझा पावार डेभलपमेन्टको तर्फबाट कम्पनीका अध्यक्ष सञ्जिव न्यौपाने र प्रबन्ध निर्देशक कुबेरमणि नेपाल र बैङ्कको तर्फबाट परियोजना वित्त पोषण प्रमुख भुषण तण्डुकारले फाइनान्सियल क्लोजरमा हस्ताक्षर गरेका थिए । 

    सिन्धुपाल्चोकको बलेफी नदिमा निर्माण हुने २० मेगावाट क्षमताको बलेफी तल्लो खोला जलविद्युत आयोजनामा रिडी पावर कम्पनी लिमिटेडको मुख्य लगानी रहेको छ । कम्पनीले निर्माण सुरु भएको मितिबाट २ वर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको साझा पावार डेभलपमेन्ट प्रालिका प्रबन्ध निर्देशक कुबेरमणि नेपालले बताए । 

    बलेफी तल्लो खोला जलविद्युत आयोजनामा ४ सय ४० करोड लगानीमा रहेको छ । जसमा ७५ प्रतिशत कुमारी बैङ्कले लगानी गर्नेछ । बाँकी २५ प्रतिशत रकम रिडी पावरले हकप्रद जारीबाट उठेको रकम लगानी गर्नेछ । 

     

    प्रकाशित मिति :आषाढ ६ २०८० बुधवार - १४:२७:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij