Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

छात्रवृत्तिको विवरण पेश नगर्ने ३९ स्कुल कारबाहीमा, १ लाख जरिवाना

छात्रवृत्तिको विवरण पेश नगर्ने ३९ स्कुल कारबाहीमा, १ लाख जरिवाना


  • 2.4K
    Shares

    छात्रवृत्तिको विवरण पेश नगर्ने ३९ स्कुल कारबाहीमा, १ लाख जरिवाना

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले छात्रवृत्तिको विवरण पेश नगर्ने निजी विद्यालयहरूलाई कारबाही गरेको छ । महानगरले छात्रवृत्तिको विवरण पेश गर्ने ३९ वटा निजी विद्यालयहरूलाई १ लाख रुपैयाँका दरले जरिवाना गरेको हो । 

    महानगरभित्र रहेका ५०४ निजी विद्यालयहरूमध्ये ४६५ विद्यालयले मात्र छात्रवृत्ति प्रदान गरेको विवरण महानगरमा पेश गरेका छन् । तीमध्ये ३९ वटा हालसम्म पनि विवरण पेश नगरेको महानगरले जनाएको छ । 

    विवरण पेश गर्ने विद्यालयहरूलाई जरिवाना गराएर पुनः अर्को मौका दिएको महानगरले जनाएको छ । उक्त समयमा समेत विवरण नबुझाएमा विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने महानगरले जनाएको छ । काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को परिच्छेद १० मा छात्रवृत्ति तथा निःशुल्क शिक्षा सम्बन्धी व्यवस्था छ । 

    सो नियमावलीको नियम ५८ मा व्यवस्था भए अनुसार विद्यालयले छात्रवृत्ति उपलब्ध गराएको विद्यार्थीहरूको नामावली सार्वजनिक गर्नुपर्छ । तर, निजी विद्यालयहरूले शैक्षिक सत्र २०८० मा कक्षा १० सम्मका विद्यार्थीलाई उपलब्ध गराउने छात्रवृत्तिको विवरण पेश गर्दैन थिए । 

    महानगरले २०८० वैशाख २४ गतेको परिपत्र र जेठ १० गतेको गोरखापत्रमा प्रकाशित सार्वजनिक सूचना बमोजिम जेठ १५ गतेभित्र छात्रवृत्ति वितरण गरी सोको जानकारी जेठ १६ गते कार्यालय समयभित्र काठमाडौँ महानगरको शिक्षा विभागमा पेश गर्न सूचित गराएको थियो । 

    उक्त अवधिमा धेरै विद्यालयहरूले छात्रवृत्ति वितरण गरी सोको विवरण पेस गरेका थिए । तर, पेश नगरेका विद्यालयहरूलाई जेठ २८ गतेभित्र छात्रवृत्ति वितरण गरी सोको विवरण पेस गर्न अन्तिम पटक समय दिएको थियो । त्यो अवधिमा समेत विवरण पेश नगरेका विद्यालयहरूलाई जरिवाना गराएको हो ।

    प्रकाशित मिति :आषाढ ६ २०८० बुधवार - ०९:४४:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij