Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

बझाङ दुर्घटना अपडेट : मन्त्री सिंहको टाउकोमा चोट, २ जनाको घटनास्थलमै मृत्यु

बझाङ दुर्घटना अपडेट : मन्त्री सिंहको टाउकोमा चोट, २ जनाको घटनास्थलमै मृत्यु


  • 2.6K
    Shares

    • images
    बझाङ दुर्घटना अपडेट :  मन्त्री सिंहको टाउकोमा चोट, २ जनाको घटनास्थलमै मृत्यु
    images

    धनगढी । सवारी दुर्घटनामा परेका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको टाउकोमा गम्भीर चोट देखिएको छ ।

    दुर्घटनापछि उनलाई बझाङस्थित रितु पोलिक्लिनिकमा लगिएको थियो । उपचारमा संलग्न चिकित्सकका अनुसार उनको टाउकोमा गम्भीर चोट देखिएको हो । साथै उनको नाकबाट अत्यधिक रक्तश्राव भएको पोलिक्लिकका डाक्टर रञ्जित चौरासियाले बताए ।

    त्यस्तै, उनमा अक्सिजनको मात्रा, नाडीको चाल कम रहेको र मुटुको चाल भने अधिक रहेको बताइएको छ। उनलाई थप उपचारको लागि नेपालगन्ज लगिएको छ । उनीसँगै गाडी चालक धर्मराज जोशी, मन्त्रीको सुरक्षार्थ खटिएका प्रहरी सहायक हवलदार दीपक भण्डारीको अवस्था पनि गम्भीर रहेको छ । उनीहरूलाई पनि मन्त्रीसँग हेलिकप्टरमार्फत नेपालगन्ज लगिएकोहो।

    त्यस्तै, उपचारमा संलग्न चिकित्सकले मन्त्रीकी पत्नी अमृता सिंह र नाता पर्ने एक महिलाको घटना स्लमै मृत्यु भएको बताएका छन् ।मंगलबार मन्त्री सवार सु।प।प्र।०१००१ झ ४८० नं।को गाडी डडेलधुराबाट बझाङको लागि हिँडेको थियो ।

    प्रकाशित मिति :आषाढ ५ २०८० मंगलवार - १६:१४:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij