Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

काठमाडौँ महानगरद्वारा ११ महिनामा ८ अर्ब राजस्व सङ्कलन

काठमाडौँ महानगरद्वारा ११ महिनामा ८ अर्ब राजस्व सङ्कलन


  • 2.1K
    Shares

    काठमाडौँ महानगरद्वारा ११ महिनामा ८ अर्ब राजस्व सङ्कलन

    काठमाडौँ  । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक २०८०/८१ को ११ महिनामा रु.८ अर्ब राजस्व सङ्कलन गरेको छ । आन्तरिक आय, राजस्व बाँडफाँट र आन्तरिक अनुदान गरी आव २०७९/८० को ११ महिनामा रु.८ अर्ब २९ करोड ९५ लाख ५९ हजार दुई सय ७८ राजस्व सङ्कलन गरिएको राजस्व विभागका प्रमुख ध्रुव काफ्लेले जानकारी दिए । उनका अनुसार यो रकम महानगरको राजस्व लक्ष्यको ७९ प्रतिशतमात्रै हो ।

    महानगरपालिकाले चालु आवका लागि राजस्व लक्ष्य रु.१० अर्ब ४२ करोड ९५ लाख राखेको थियो । यसमध्ये सबैभन्दा धेरै प्रगति महानगरले आन्तरिक आयतर्फ गरेको छ । राजस्व सङ्कलनमध्ये आन्तरिक आयतर्फ ९८ दशमलव ८७ प्रतिशत हासिल गरेको जनाएको छ । 

    महानगरपालिका रु.४ अर्ब ८५ करोड आन्तरिक आयको राजस्व लक्ष्यमध्ये रु.४ अर्ब ७७ करोड उठाएको हो । जुन अघिल्लो आवको भन्दा १ अर्ब बढी भएको विभागले जनाएको छ । 

    विभागका अनुसार आव २०७८/७९ मा महानगरले रु.३ अर्ब ७२ करोडमात्रै आन्तरिक आय सङ्कलन भएको थियो । महानगरपालिकाले आन्तरिक आयतर्फ घरबहाल करमा रु.१ अर्ब ९२ करोड १२ लाख ८० हजार राजस्व सङ्कलन गरेको छ । 

    चालु आवमा महानगरपालिकाले यो शीर्षकमा रु.२ अर्ब राजस्व उठाउने लक्ष्य राखेको थियो । यस्तै सम्पत्ति करमा रु.९१ करोड ३३ लाख राजस्व सङ्कलन गरेको छ । जुन अघिल्लो आवको भन्दा रु.१२ करोडले बढी भएको जनाइएको छ ।

    महानगरलाई राजस्व लक्ष्यमा पुग्न राजस्व बाँडफाँट भएर आउने रकमले असर परेको देखिएको छ । यसैगरी महानगरले बाँडफाँटबाट प्राप्त हुने राजस्वबाट रु.१ अर्ब ५५ करोड ८९ लाख जम्मा गरेको छ । राजस्व बाँडफाँट पाउनुपर्नेमा महानगरपालिकालाई प्राप्त भएको अघिल्लो आवको भन्दा झन्डै रु काठमाडौँ महानगरपालिका१ अर्बले कमी भएको देखिन्छ । 

    गत आव २०७८/७९ मा राजस्व बाँडफाँटबाट प्राप्त हुने रकम रु.१ अर्ब ७५ करोड ५४ लाख थियो, जनु एक सय छ प्रतिशत रहेको थियो । तर यो पटक लक्ष्यको जम्मा ४५ प्रतिशतमात्रै महानगरलाई बाँडफाँट भएको हो ।

    गत आवमा रु.२ अर्ब ५८ करोड २५ लाख राजस्व बाँडफाँटबाट आउने रकम लक्ष्य राखेकामा जेठ मसान्तसम्म रु.२ अर्ब ७५ करोड ५४ लाख अर्थात् एक सय छ प्रतिशत बाँडफाँट भएको थियो । तर चालु आव १ अर्ब ४१ करोड ३१ लाख लक्ष्य राखेकामा रु एक अर्ब ५५ करोड ८९ लाखमात्रै उठेको हो ।

    राजस्व विभागका अनुसार चालु आवमा आन्तरिक अनुदानतर्फ रु.१ अर्ब ९६ करोड ९६ लाख महानगरको राजस्वमा जम्मा भएको छ ।

     

    प्रकाशित मिति :आषाढ ५ २०८० मंगलवार - ११:०९:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij