२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज असार ४ गते सोमबार ईङ्वा हाइड्रोपावर कम्पनीको आईपीओ सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको कुल ६० लाख कित्ता साधारण शेयर सूचीकृत भएको हो ।
अब यो शेयर भोलि अर्थात मंगलबारबाट धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ । कम्पनीले सर्वसाधारण शेयरधनी, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष,स्थानिय बासिन्दाहरु र कर्मचारीहरुलाई निष्कासन गरेको कुल १८ लाख कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको ४२ लाख गरी कुल ६० लाख कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।
नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता रू ९७ दशमलव २९ देखि २९१ दशमलव ८७ ओपन रेञ्ज तोकेको छ । यहि ओपन रेञ्जको आधारमा मंगलवार देखि कम्पनीको शेयर कारोबार हुनेछ ।
कम्पनीको स्टक सिम्बोल आईएचएल रहेको छ । साथै कम्पनीले शेयर सूचीकरण पश्चात दिनुपर्ने आरटिएस सेवा ईङ्वा हाइड्रोपावर लिमिटेड थापाथलि काठमाडौँबाट हुने जानकारी गराएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij