Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

कुटपिटबाट रौतहटमा एकको मृत्यु, घटनामा संलग्न दुई जना पक्राउ

कुटपिटबाट रौतहटमा एकको मृत्यु, घटनामा संलग्न दुई जना पक्राउ


  • 7.3K
    Shares

    कुटपिटबाट रौतहटमा एकको मृत्यु, घटनामा संलग्न दुई जना पक्राउ
    images

    रौतहटको वृन्दावन नगरपालिका–७ सखुवा धमौरा गाउँमा सोमबार बेलुकी एक व्यक्तिमाथि कुटपिट हुँदा उनको ज्यान गएको छ । कुटपिटमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

    वृन्दावन नगरपालिका–७ सखुवा धमौराका विकास पासवानले कुटपिट गर्दा सोही गाउँका ५० वर्षीय अमिरी पासवानको बेलुकी साढे ८ बजे मृत्यु भएको हो । घटनापछि विकास र विन्द पासवानलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहले बताए ।

    ‘दुवैलेअमिरीलाई कुटपिट गर्ने क्रममा धकेल्दा लडेर चोट लागी मृत्यु भएको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ उनले भने, ‘दुवैलाई पक्रेर सोधपुछ गरिरहेका छौं । सत्यतथ्य चाँडै खुल्छ ।’ सोमबार साँझ मादक पदार्थ सेवन गरेका विकासले घर फर्कने क्रममा बाटोमा भेटिएका अमिरीलाई कुटपिट गरेका थिए ।

    टाउकोमा चोट लागेका अमिरीको गरुडास्थित सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार वादविवाद हुँदा नजिकै रहेका विन्द पासवानसमेत आएर कुटपिट गरेको विकासले बयान दिएका छन् ।

    घटनालगत्तै इलाका प्रहरी कार्यालय गरुडा र प्रहरी चौकी हर्षाहाबाट खटिएको टोलीले दुवै जनालाई पक्राउ गरेको हो । आरोपी दुवै जनामाथि ज्यानसम्बन्धी मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थपाउने तयारी भइरहेको एसपी शाहले बताए ।

    प्रकाशित मिति :मंसिर ९ २०७७ मंगलवार - ११:५४:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij