२०८२ भाद्र ५ गते बिहिवार
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मित्रताको बन्धन कसिलो भएर जानेछ । व्यापार बढ्नाले आम्दानी पनि बढ्नेछ। कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
मन मुटाव सिर्जना हुनेछ । व्यापारमा फाइदा र पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीको साथले पनि काममा जोसजाँगर बढ्नेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
बिद्यामा सफलता पाउन निकैनै संघर्ष गर्नुपर्ला । परिवार तथा सन्तान बाट तपार्ईँले गरेको काममा असहयोग हुनेछ । माया प्रेममा बिश्वासको बाताबरण बढेर जानेछ साझपख समय राम्रो रहेको मामा तथा मालवी पक्षबाट भनेजस्तो सहयोग पार्ईनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
गोप्यकुराहरु बहिर आउन सक्ने हुनाले सजक रहनु पर्नेछ । घरायसी आवश्यकता बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने परिस्थिति आउन सक्छ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
सामाजिक कामहरु समयमा सम्पादन हुने हुनाले मान सम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्नेहुदा मन प्रशन्न हुनेछ । प्रेममा सफलता तथा सामिप्यता बड्नेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
समयले तपार्ईँलाई पछाडि छोड्नेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले जनताको आलोचनात्मक समर्थन पाउने योग रहेकोछ । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
कामगर्ने जोसजागर आउँनेछ भने खेलकुद तथा यस्तै गतिबिधिमा तपार्ईँको नाम अग्र स्थानमा आउँनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबिच मायाको गाठो कसिलो भएर जानेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
अरुलाई सजिलै प्रभावमा पारेर कामहरु लिन सकिनेछ । राजनीति गर्नेहरुले सर्वसाधारणको मत पाउँने हुँदा सामाजिक पद पाउँने ग्रहयोग रहेकोछ । प्रेममा रमाउन चाहनेहरुले एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्ने समय रहेकोछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
दिगो फाइदा हुने काम सुरु हुनेछ। परिस्थितिको अनुकूलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। यात्राको प्रक्रिया अघि बढ्नेछ। पुरुषार्थी काम सिद्ध गर्ने समय छ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
अरुको काम गर्न खोज्दा आफ्नो काम थाति रहनेछ । विभिन्न अवसर प्राप्त हुनेछन्। परिश्रम परे पनि मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। केही फजुल खर्च बढ्न सक्छ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
प्रयत्न गर्दा राम्रै जिम्मेवारी पनि पाइनेछ। अरूको समस्याबारे चासो लिँदा आफैंलाई अप्ठ्यारो पर्न सक्छ। अप्ठ्यारो समयमा पनि अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ। समय लागे पनि मिहिनेत गर्दा काम बनाउन सकिनेछ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । मिहिनेतको परिणाम प्राप्त हुनेछ। शुभचिन्तक र प्रतिस्पर्धीलाई समेटेर काम लिनुपर्ला। योजना पूर्ण नभए पनि आंशिक लाभ अवश्य हुनेछ। रोकिएको काममा समेत सकारात्मक संकेत प्राप्त हुनेछ।
तपाईको दिन शुभ रहोस् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij