२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौँ । आज पनि सेवा सुरक्षा ग्यारेन्टीसहितको माग अघि सारेर आन्दोलन गर्दै आएका विद्यालय कर्मचारीले विरोध प्रदर्शन गरेका छन् ।
राजधानीको माइतीघर मण्डलामा उनीहरुले प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा चक्काजाम गर्न खोज्ने केही शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शिक्षकहरुलाई प्रहरीले पक्राउ गर्ने क्रममा धकेलाधकेलसमेत भएको छ ।
सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरूले जेठ २० गतेदेखि राजधानी केन्द्रित आन्दोलन गरिरहेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij