Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

नेदरल्याण्ड्सलाई पराजित गर्दै क्रोएसिया नेसन्स लिगको फाइनलमा

नेदरल्याण्ड्सलाई पराजित गर्दै क्रोएसिया नेसन्स लिगको फाइनलमा


  • 2.7K
    Shares

    • images
    नेदरल्याण्ड्सलाई पराजित गर्दै क्रोएसिया नेसन्स लिगको फाइनलमा
    images

    काठमाडौं । नेदरल्याण्ड्सलाई अतिरिक्त समयमा पराजित गर्दै क्रोएसिया यूईएफए नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ । ब्रुनो पेटकोभिच र लुका मोडरिचले अतिरिक्त समयमा गोल गरेपछि क्रोएसियाको उपाधि नजिक पुगेको हो ।

    घरेलु मैदान डे कुइप स्टेडियममा भएको खेलमा डोनयाल मालेनले ३४ औं मिनेटमा गोल गर्दै नेदरल्याण्ड्सलाई पहिले अग्रता दिलाएका थिए । तर, क्रोएसियाले खेलमा कमब्याक गर्‍यो ।

    ५५ औं मिनेटमा आन्द्रे क्रमारिचले पेनाल्टीमा बराबरी गोल फर्काए भने ७२ औं मिनेटमा मारियो पासालिचले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाए ।

    खेलको इन्जुरी टाइममा नेदरल्याण्ड्सका नोया लाङले गोल गरेपछि खेल २/२ को रोमाञ्चक स्थितिमा पुगेको थियो । तर, अतिरिक्त समयमा दुई गोल गर्दै क्रोएसियाले बाजी मार्‍यो ।

    पेटकोभिचले ९८ औं र मोडरिचले ११६ औं मिनेटमा पेनाल्टीमा गोल गरेपछि क्रोएसियाले फाइनलमा स्थान बनायो । क्रोएसियाले अब उपाधिका लागि स्पेन र इटलीबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।

     

    प्रकाशित मिति :जेठ ३२ २०८० बिहिवार - १०:५३:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij