Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

लुम्बिनी विकास बैंकद्वारा विभिन्न संस्थाहरुलाई सहयोग

लुम्बिनी विकास बैंकद्वारा विभिन्न संस्थाहरुलाई सहयोग


  • 2.5K
    Shares

    लुम्बिनी विकास बैंकद्वारा विभिन्न संस्थाहरुलाई सहयोग

    काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडले विभिन्न संस्थाहरुलाई सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत हेल्प नेपाल नेटवर्कलाई आर्थिक सहयोग स्वरुप रु.१ लाख को चेक हस्तान्तरण गरेको हो । 

    हेल्प नेपाल नेटवर्कले मुगु जिल्लाको मुर्मामा अवस्थित हेल्प नेपाल हेल्थ पोस्ट निमार्ण गर्नुका साथै स्थानीयहरु लगायत वरिपरीका गाउँहरुमा पनि स्वास्थ्य सेवा दिंदै आइरहको छ । बैंक अधिकारीले उक्त संस्थालाई बिगतका बर्षहरुमाझै यस बर्ष पनि सहयोग गर्न पाउनु खुसीको कुरा रहेको बताए । 

    साथै बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत काभ्रेपलाञ्चोक जिल्ला रोशी गाउँपालिका–३, शिखर आम्बोटोमा अवस्थित श्री देवी माध्यमिक विद्यालयलाई पनि सहयोग बापत १ थान कम्प्युटर र १ थान प्रिन्टर हस्तान्तरण गरेको छ । उक्त विद्यालयमा बाल कक्षा देखि कक्षा १० सम्मको अध्ययन अध्यापन भइरहको हुदाँ आवश्यक हुने सुचना–प्रविधिको सामग्री सहयोग गरेको र सो बाट अध्यनरत करिब ८०० बिद्यार्थी लाभान्वित हुने छन् ।

    यसका साथै बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत नै रम्भा गाउँपालिका–४, हुमिन, बागचौर, पाल्पामा अवस्थित श्री अमर आधारभूत विद्यालयलाई पनि अतिरिक्त क्रियाकलाप तथा बिहानी प्रार्थना सञ्चालनार्थ १ थान साउण्ड सिस्टम हस्तान्तरण गरेको छ । उक्त विद्यालयले ग्रामीण समुदाय, निम्नआय, दलित, आदिवासी जनजाती बालबालिकाहरुलाई अध्यापन गराई रहेको छ । सो सामान हस्तान्तरण पश्चात त्यस विद्यालयमा अध्ययनरत सम्पूर्ण बिद्यार्थी लाभान्वित हुने छन् ।

    यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा “मासिक” रुपमा ब्याज प्रदान गर्ने र मल्टिपल धमाका खातामा आफ्नो लगानीलाई दुई गुणा देखि दश गुणासम्म हुने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।

     

    प्रकाशित मिति :जेठ ३१ २०८० बुधवार - १७:०३:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij