२०८२ भाद्र ४ गते बुधवार
गोरखा । भिमसेनथापा गाउँपालिकालाई पूर्ण खोप पालिका तथा दिगोपन सुनिश्चितता घोषणा गरिएको छ । आज गाँउपालिका स्वास्थ्य शाखाको आयोजनामा पालिकालाई पूर्ण खोपयुक्त पालिका घोषणा गरिएको हो ।
पालिका भित्रका सवै वडाहरुले खोपको मापदण्ड पूरा गरेपछि पालिकाले एक कार्यक्रमका बिच गाउँपालिकालाई पूर्ण खोप तथा दिगोपना सुनिश्चितता घोषणा गरेको गाउँपालिकाका खोप समितिका सचिब भेषराज खनालले जानकारी दिए । गत चैत्र १६ देखि २० गतेसम्म ८ वटै वडामा रहेका स्वास्थ्यकर्मीहरुले वडा भित्र रहेमा सबै बालबालिको सर्वेक्षण गर्दा पालिका भित्रका सबै बच्चाहरुलाई पूर्ण खोप दिइएको पाइएको उनले बताए।
उनका अनुसार जन्मदेखि १५ महिनाका सम्मका १९७ जान र १६ महिनादेखि ५९ महिनासम्मका ६ सय ९८ जना बालबालिकालाई नियमित खोप दिएको उनले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष लोकप्रसाद बञ्जराको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष अमृता देबी बस्ती, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारी लगायतले मन्तव्य राखेका थिए । उक्त कार्यक्रममा ८ वटै वडाका स्वास्थ्य प्रमुख एबं स्वास्थ्यकर्मी, स्वयंसेवक लगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij